आर्थिक अवस्था

स्युबाहरूको मुख्य पेशा कागज बनाउने भएता पनि यसबाट जीवन गुजरा गर्न मुस्किल हुने भएकोले हाल यिनीहरूको मुख्य पेशा कृषि हुन । स्युबाहरू विशेष गरी कृषि तथा जंगली जडीबुटीमा  आफ्नो जीवन निर्भर रहेको पाईन्छ । स्युबाहरूको बस्तीमा हुने मुख्य आर्थिक स्रोतहरू तल उल्‍लेख गरेको छ ।स्युबा मानिसहरू  पुस र माघमा आफ्नो खेतिपाति लगाउने सिजन भएकोले एकदम व्यस्त हुन्छन् ।

स्युबाहरूको खेतिपाती विशेष गरेर आलु, मकै, गहुँलाई मुख्यबालीको रूपमा मान्दछन् । साथै फापर, मुला, साग र स्कुस विभिन्‍न तरकारी जन्य चिजवीजहरू पनि लगाउने गर्छन । विशेष गरी स्युबाहरूले आलुको बालीलाई नगदे बालिको रुपमा लिन्छन । आलु बेचेर आफुलाई आवश्यक परेको अन्य सामग्री किन्‍ने गर्छन् । स्युबाहरूले पहिला-पहिला धेरै किसिमका पशु जस्तै गाई, भेडा, भैँसी, बाख्रा, घोडा पाल्ने गर्दथ्यो । स्युबा पुरूषहरू भेडा पाल्ने र महिलाहरूले भेडाको उनबाट विभिन्‍न किसिमको राडी, पाखी र लुकुनिहरू बुन्‍ने गर्दथ्यो । हालआएर भेडा पाल्न छोडी खसी बोका, रांगा र भैँसीहरू मात्र पाल्ने गर्दछ । तर अहिलेको अवस्थामा स्युबा युवाहरूले विभिन्‍न किसिमका नोकरी पनि गर्न थालेका छन् । युवा युवतिहरू वैदेशिक रोजगारमा पनि संलग्न रहेको पाइन्छ । केहि स्युबा युवाहरू नेपाल आर्मी र ब्रिटिस आर्मीमा समेत समावेश भएका छन् । तर अहिलेको स्युबाहरूलाई खान-लाउन, जीवन चलाउन खासै समस्या देखिदैन । स्युबाहरूको आफ्नो क्षेत्रमा जग्‍गा जमिन प्रशस्त मात्रमा रहेको तर ती जग्‍गाहरूको सहि तरिकाले उपयोग गर्न सकेको अवस्था छैन । जग्‍गा जमिनको सहि तरिकाले उपयोग गरे उनीहरूले प्रशस्त मात्रामा आम्दानी लिन सक्ने स्थीति रहेको छ । स्युबाहरू आफुले कमाएको पैसा व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहंदैनन् । त्यही भएर स्युबाहरूमाझ उच्‍च शिक्षा प्राप्त जनसंख्या कम छ ।