परिचय

नेपाल एक बहुल भाषिक, बहुल जाति तथा बहुल धार्मिक राष्ट्र हो । यहाँका आदिवासी जनजातिहरू मध्ये स्युवा पनि एक हो । स्युबा समुदाय लोप उन्मुख भाषा समुदाय मध्ये एक हो । यस जातिलाई खष भाषामा रहेको दृष्टिले कागते पनि भनिन्छ । स्युबा शब्द यिनीहरूको आफ्नै मातृभाषाबाट बनेको पाइन्छ भने कागते खष भाषाबाट भनिएको हो । स्युबाहरूको आफ्नै छुट्टै भाषा संस्कृति, कला, धर्म, बिश्वास, परम्परा, जीवनशैली, मुल्य मान्यताहरू भएता पनि राज्यबाट यस जातिको पहिचान हुन नसक्नु बिड्म्वना भएको छ । तर नेपालमा स्युबा जातिको जनसङ्ख्य करिब ३००० हजार जना भन्दा बढि रहेको अनुमान गर्न सकिन्छ ।