शैक्षिक अवस्था

स्युबा समुदायमा शिक्षा क्षेत्रमा धेरै व्यक्तिले प्रगति गरेका पाईदैन । स्युबाहरूको निमित्त स्कुल नजिक नभएको र चेतनाको कमि भएकोले उच्‍चा शिक्षा हासिल गरको व्यक्तिहरू कम रहेका पाइन्छ । स्युबा बच्‍चाहरुलाई आठ वर्ष नपुगेसम्‍म नेपाली भाषा बोल्न आउदैन र स्कुलमा नेपालीमा मात्र पाठ्क्रम भएकोले तिनीहरू नौ-दश वर्षबाट मात्र स्कुल पढ्न थाल्छन् ।

स्युबाहरू बसोवास रहेको गाविसमा माध्यमिक स्कुल भएपनि हाल सम्‍म स्युबाहरूको बस्तिमा एघार गाउँमा दुई वटा  प्राथमिक विध्यालय र एउटा निम्‍न माध्यमिक विध्यालय मात्र छ । यसमा छ जना स्युबा शिक्षकहरू अस्थायी निजी कोटाको रूपमा र वाल कोटाको रूपमा अध्यापन गरिरहेको छन् ।